स्थानीय तह निर्वाचन कार्यतालिका सार्वजनिक, ११ र १२ वैशाखमा उम्मेदवारी दर्ता

काठमाडौँ : स्थानीय तह निर्वाचनको लागि निर्वाचन आयोगले निर्वाचन तालिका सार्वजनिक गरेको छ। आयोगको कार्यतालिका अनुसार निर्वाचनमा भाग लिन चाहने उम्मेदवारहरूले वैशाख ११ र १२ गते मनोनयन गर्नुपर्ने हुन्छ। उम्मेदवारी दर्ताका लागि वैशाख ११ गते बिहान १० बजेदेखि १२ गते साँझ ५ बजेसम्मको समय तोकिएको आयोगले जनाएको छ।
कार्यतालिका अनुसार सोही दिनको साँझ ६ बजे मनोनयन दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्नेछ। उम्मेदवारको विरोधमा वैशाख १३ गते ५ बजेसम्म विरोधमा उजुरी दिन सकिनेछ।
वैशाख १५ गते बेलुकी ५ बजेसम्म मनोनयनको उजुरी उपर छानबिन गर्ने कार्यतालिकामा उल्लेख छ। सोही दिन साँझ ६ बजे मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने तालिका छ।
त्यस्तै, आयोगको तालिका अनुसार वैशाख १६ गते साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिनेछ भने सोही दिन साँझ ५ बजे आयोगले अन्तिम नामावली प्रकाशन गर्ने छ।
चैत ४, २०७८ शुक्रबार १७:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।