बैंकिङ कसुर मुद्दाका फरार विश्वकर्मा पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार विश्वकर्मा पक्राउ

काठमाडौँ : बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । मकवानपुरको हेटौंडा उपमहानगर पालिका–७ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–१ भत्केको पुल बस्ने ४२ वर्षीय राजेन्द्र विश्वकर्मालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। 

उच्च अदालत पाटनको २०७८ फागुन १० गतेको फैसला अनुसार बैंकिङ कसुर मुद्दामा नगद २० लाख रुपैयाँ जरिवाना र पाँच दिन कैद ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौँको टोखाबाट पक्राउ गरेको हो।

उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालत पठाइएको ब्युरोले जानकारी दिएको छ। 

चैत ४, २०७८ शुक्रबार १५:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।