तिला नदीमा पौडी खेल्न गएका दुई किशोर बेपत्ता

तिला नदीमा पौडी खेल्न गएका दुई किशोर बेपत्ता

काठमाडाैँ : पौडी खेल्ने क्रममा तिला नदीमा दुई जना बेपत्ता भएका छन्। कालिकाेटकाे महाबै गाउँपालिका-५ गेला निवासी १७ वर्षीय अपिल भट्टराई र विपीन भट्टराई पौडी खेल्ने क्रममा नदीमा बगेर बेपत्ता भएका हुन्।

शुक्रबार बेपत्ता उनीहरूकाे खोजी कार्य जारी रहेको प्रहरी कार्यालय कालिकोटले जनाएको छ। बेपत्ता उनीहरूकाे खोजीका लागि घटनास्थलमा प्रहरी परिचालन गरी खोजी कार्य जारी रहेको छ।

बेपत्ता दुबै जना कालिका माध्यमिक विद्यालय गेलामा कक्षा १० मा अध्यनत विद्यार्थी हुन।
 

चैत ४, २०७८ शुक्रबार १५:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।