इथियोपियाको अवस्था थप नाजुक बन्दैः संयुक्त राष्ट्रसंघ

इथियोपियाको अवस्था थप नाजुक बन्दैः संयुक्त राष्ट्रसंघ

एजेन्सी : संयुक्त राष्ट्रसंघले इथियोपियामा मानवीय सहायताको अवस्था दिन प्रतिदिन नाजुक बन्दै गएको बताएको छ। उत्तरी इथियोपियाका नागरिक खाना खान पनि नपाउने अवस्थामा पुगेका राष्ट्रसंघले जनाएको हो। इथियोपियामा लामो समयदेखि द्धन्द्ध जारी रहेको छ।

संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी निकाय, ओचाले बिहीबार इथियोपियाको उत्तरी क्षेत्र टिगरेको अवस्था दिन प्रतिदिन बिग्रँदै गएकाले आवश्यक सहयोगका लागि विश्व समुदायको ध्यानाकर्षण गराएको हो। सो क्षेत्रमा अहिले पनि ८ लाख भन्दा बढी नागरिकले सहयताको खाँचो रहेको बताएका छन्। उनीहरुलाई आधारभूत स्वास्थ्य उपचारदेखि खाद्यान्नकै समस्या रहेको छ।

दिनमा बढीमा ७ हजार जनालाई मात्र सहयोग दिन सकिएको सो निकायले जनाएको छ। टिगरेमा यहाँका द्धन्द्धग्रस्त समूहहरुले संयुक्त राष्ट्रसंघीय समन्वयमा मानवीय सहायता वितरण गर्ने काममा पनि अवरोध उत्पन्न गरिरहेको राष्ट्र संघले बताएको छ। 

टिगरेबाट मात्र २ लाखभन्दा बढी नागरिक विद्रोहीहरुको हमलाका कारण विस्थापित हुन पुगेका छन् भने यहाँका ८ लाखभन्दा बढीलाई सहयोग आवश्यक छ। तर यहाँ संयुक्त राष्ट्रसंघ तथा अन्य सहायता एजेन्सीहरुले त्यहाँ पुगेर सहायता उपलब्ध गराउन पनि पाएका छैनन्।

चैत ४, २०७८ शुक्रबार १५:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।