यूएईले नेपाललाई दियो १६९ रनको लक्ष्य

काठमाडौँ : आइसिसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा युएईले नेपालसमक्ष १६९ रनको लक्ष्य प्रस्तुत गरेको छ।
शुक्रबार भएको खेलमा युएईले ४६ दशमलव तीन ओभरमा अलआउट हुँदै एक सय ६८ रन बनायो। युएईका लागि रोहन मुस्ताफा र चन्दनग्पोयल रिजवानले ४०–४०, मोहम्मद वसिमले २१ र कासिफ दाउदले १८ रनको योगदान गरे।
नेपालका बलर सोमपाल कामी चार र करण केसीले तीन विकेट लिए। सागर ढकाल, कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए।
चैत ४, २०७८ शुक्रबार १४:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।