अमेरिकाबाट आएका भुटानी शरणार्थी राई सुनसहित विमानस्थलबाट पक्राउ 

अमेरिकाबाट आएका भुटानी शरणार्थी राई सुनसहित विमानस्थलबाट पक्राउ 

काठमाडौँ : अमेरिकाबाट नेपाल आएका एक भुटानी शरणार्थी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित पक्राउ परेका छन्। भुटानी शरणार्थी अनिषहाङ बहिङ राईले ड्रोन र जुत्ता भित्र लुकाएर ल्याएको सुनसहित विमानस्थल भन्सार कार्यालयले बिहीबार पक्राउ गरिएको हो। 

उनले ड्रोनभित्र लुकाएर ल्याएको सय ग्राम सुन र जुत्ताभित्र लुकाएर ल्याएको ९३४ ग्राम सुन जस्तो धातु तर बाहिर चाँदीको जलप लगाइएको वस्तु फेला परेको भन्सार कार्यालयले जनाएको छ । उनीबाट थप पाँच वटा आई फोन पनि बरामद भएको छ। 

पक्राउ परेका राईलाई महानगरीय प्रहरी वृत्त गौशालाको हिरासतमा राखिएको छ। उनीमाथि अनुसन्धान अघि बढेको भन्सार कार्यालयले जनाएको छ। 

चैत ४, २०७८ शुक्रबार १४:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।