ईटालियन पेस्तोलसहित एक जना पक्राउ

काठमाडौँ : सिरहाको धनगढी नगरपालिका–११ आँप चोकबाट एक थान ईटालियन पेस्तोलसहित एक जना पक्राउ परेका छन्। सोही ठाउँ बस्ने ४२ वर्षीय ब्रमदेव यादवलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
प्रहरीले उनको साथबाट सोही पेस्तोलमा लाग्ने ५ राउण्ड गोली र १ थान म्याग्जिन समेत बरामद गरेको छ। ईलाका प्रहरी कार्यालय धनगढी सिरहाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा यादवको साथबाट उक्त हतियार फेला पारी पक्राउ गरेको हो।
चैत ४, २०७८ शुक्रबार १३:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।