श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

दमक : श्रीमानको कुटाइबा६ झापाको बिर्तामोड नगरपालिकामा श्रीमतीको मृत्यु भएको छ। बिर्तामोड नगरपालिका-५ का ४० वर्षीय कमल राउतको कुटाइबाट ३९ वर्षीया श्रीमती खेमजुङ गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ।
बिहीबार राति राउतले घरायसी विवाद हुँदा श्रीमतीलाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
श्रीमानको कुटाइबाट गम्भीर घाइते खेमजुङको बिर्तामोडस्थित कनकाई अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएको थियो।
नोबेल अस्पतालमा पनि उपचार हुन नसकेपछि आफन्तले बिर्तामोडस्थित माइती घर ल्याएकोमा राति नै मृत्यु भएको हो प्रहरीले बताएको छ।
चैत ४, २०७८ शुक्रबार १३:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।