मनहरिमा बस दुर्घटना हुँदा दुईको मृत्यु, दर्जनौँ घाइते

मकवानपुरः जिल्लाको मनहरीमा आज भएको यात्रुबस दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बसका सहचालक नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका–४ निवासी २२ वर्षीय सुवास श्रेष्ठ र उक्त बसमा सवार सोही ठाउँका २९ वर्षीय शम्भु दराई मगर रहेको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए।
प्रहरीका अनुसार हेटौंडाबाट चितवनतर्फ गइरहेको ना४ख ४४५४ नंको बस आज बिहान ८ः३० बजे मनहरि-६ को कुलचोकमा दुर्घटना भएको हो। दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो। मनहरीस्थित ईलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक प्रकाश थापाले बसमा कति यात्रु सवार थिए भन्ने यकिन विवरण नआइसकेको र दुर्घटनाको कारण पनि खुल्न नसकेको बताएका छन्।
घाइते भएकाहरूलाई चितवन अस्तपल पठाइएको र मृतकको शव परीक्षणका लागि हेटौंडा अस्पताल ल्याइएको छ।
चैत ४, २०७८ शुक्रबार ११:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।