मुस्लिम धर्मावलम्बीले आज शब ए बारात पर्व मनाउँदै

काठमाडौंः नेपालसहित विश्वभरका मुस्लिम धर्मावलम्बीले आज एक साथ शब ए बारात पर्व मनाइरहेका छन्। मुस्लिम समुदायका व्यक्तिले दुई दिन रोजा (व्रत) बसेर मृत्यु भइसकेका पुर्खाको सम्झनामा प्रत्येक वर्ष यो पर्व मनाउने गरेको मौलान मशहुद खान नेपालीले बताए।
मुस्लिम समुदायले यस पर्वलाई आफ्नो समुदायको पर्वको मुख्यद्वार पनि मान्दै आएका छन्। शब ए बारातपछि मुस्लिम समुदायका अन्य पर्व निरन्तररूपमा एकपछि अर्को आउने भएकाले यसलाई पर्वको प्रवेशद्वार मानिएको हो। अबको १५ दिनपछि मुस्लिमको एक महिने रमजान पर्व सुरु हुन्छ। त्यसपछि इद, बकर इद आउँछ।
यस पर्वमा अल्लाहको इबादत नमाज (प्राथना) मुस्लिम ग्रन्थ कुरान वाचन, कब्रिस्तान (चिहान) मा प्रार्थना र गरिब दुःखीलाई दान दिने चलन रहिआएको मुस्लिम आगुवा असलमले जानकारी दिए।
चैत ४, २०७८ शुक्रबार ११:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।