भेरी नदीमा बेपत्ता भएका अन्य दुई बालबालिकाको शव पनि भेटियो

भेरी नदीमा बेपत्ता भएका अन्य दुई बालबालिकाको शव पनि भेटियो

सुर्खेतः भेरी नदीमा बेपत्ता भएका अन्य दुई जना बालबालिकाको शव पनि भेटिएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बिहीबार भेरीगंगा नगरपालिका–११ का १० वर्षीया गंगा खड्का र ८ वर्षीय कृष्ण सिंजालीको शव भेटिएको हो।

बेपत्तामध्ये एक लेकवेंशी नगरपालिका–२ का ८ वर्षीय दिनेश बुढा मगरको शव बुधबार नै भेटिएको थियो।

गत फागुन २८ गते सुर्खेतको भेरीगंगा नगरपालिका–११ रामघाटस्थित भेरी नदीमा नुहाउने क्रममा तीन जना बालबालिका नदीमा बगेर बेपत्ता भएका थिए। तीनै जनाको शव भेरी नदीको विभिन्न स्थानमा भेटिएको सुर्खेत प्रहरीले जनाएको छ।

बिहीबार फेला परेका दुवै बालबालिकाको शवलाई मेहेलकुना अस्पतालमा पोष्टमार्टम गरी आफन्तहरूले बुझेका छन्।

चैत ४, २०७८ शुक्रबार १०:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।