मोटरसाइकलबाट खसेर २३ वर्षीय जितबहादुरको मृत्यु

रुपन्देहीः मोटरसाइकलबाट खसेर जिल्लामा एक जनाको मृत्यु भएको छ। तिलोत्तमा नगरपालिका- ६ नयाँमिलचोकमा गए राति मोटरसाइकलबाट खसेर तिलोत्तमा नगरपालिका- १५ पत्थरडाँडाका २३ वर्षीय जितबहादुर थापाको मृत्यु भएको हो।
घाइते भएका उनको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा गए राति पौने १ बजे मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।
गए राति १२ बजे बुटवलबाट भैरहवातर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकलबाट थापा खसेका थिए। दुर्घटनापश्चात मोटरसाइकलसहित चालक फरार रहेकाले खोजी भइरहेको ईलाका प्रहरी कार्यालय मंगलापुर रुपन्देहीले जानकारी दिएको छ।
चैत ४, २०७८ शुक्रबार ०९:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।