क्रिकेट विश्वकप लिग टु: आज नेपाल र यूएई भिड्दै

क्रिकेट विश्वकप लिग टु: आज नेपाल र यूएई भिड्दै

काठमाडौंः आईसीसी क्रिकेट विश्वकप लिग टुमा आज नेपाल र यूएई भिड्दैछन्। नेपाली समयअनुसार शुक्रबार बिहान ११:१५ बाट नेपाल र यूएईविरुद्धको खेल सुरु हुनेछ।

नेपाल आज श्रृङ्खलामा दोस्रो जितको खोजीमा हुनेछ। उता नेपाललाई हराएर टी ट्वेन्टी विश्वकपमा पुगेको यूएईसँग आज होम ग्राउण्डको पनि फाइदा रहनेछ।

पहिलो खेलमा नेपालले पीएनजीविरुद्ध कठिन जित निकालेको थियो। युएई पनि पहिलो खेलमा पीएनजीलाई नै ७ विकेटले हराएको थियो।

सात टीम सम्मिलित लिग टुमा नेपाल हाल ९ खेलमा ५ जित र ४ हारसहित १० अंक बटुलेर छैटौं स्थानमा छ। यूएई १५ खेलमा ८ जितसहित १८ अंक बटुलेर दोस्रो स्थानमा छ।

अब नेपालले तेस्रो खेल पुनः यूएईविरुद्ध नै २१ मार्चमा खेल्नेछ। यस्तै श्रृङ्खलाअन्तर्गतको अन्तिम खेल भने २२ मार्चमा पीएनजीविरुद्ध खेल्नेछ।

चैत ४, २०७८ शुक्रबार ०८:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।