मौसम अपडेट: पहाडी भूभागमा बदली, अन्य स्थानमा सफा

मौसम अपडेट: पहाडी भूभागमा बदली, अन्य स्थानमा सफा

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले आज देशका पहाडी भूभागमा आंशिक मौसम बदली हुने जनाएको छ। हाल देशमा उल्लेखनीय मौसमी प्राणाली नरहेकाले आज देशका अधिकांश स्थानमा मौसम सफा हुने भएको हो।

यतिबेला देशका पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो र राति पनि यही मौसम प्रणाली कायम रहनेछ।

यस्तै देशभर तापक्रम बढ्ने क्रममा रहेकोले गर्मीका कारण हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

चैत ४, २०७८ शुक्रबार ०८:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।