आज तराईका जिल्लामा होली मनाइँदै

आज तराईका जिल्लामा होली मनाइँदै

काठमाडौंः आज देशको तराई क्षेत्रमा होली मनाइँदै छ। फागु पूर्णिमाका अवसरमा आज तराईका क्षेत्रमा होली पर्व मनाइने भएको हो।

हिजो देशका पहाडी क्षेत्रमा होली मनाइएको थियो।

तराईमा होलीको विशेष महत्त्व रहने गरेको छ। रङ्ग, अबीर दलेर एकापसमा भाइचारा र सद्भावको कामना गर्दै यस पर्वमा आफन्त भेटघाट, भोज-भतेर, नाचगान आदि गरेर विशेष रूपले मनाइन्छ।

आज तराईको होलीको अवसरमा सार्वजनिक बिदा समेत रहेको छ। 

चैत ४, २०७८ शुक्रबार ०७:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।