भरुवा बन्दुकसहित दुई जना पक्राउ

भरुवा बन्दुकसहित दुई जना पक्राउ

काठमाडौँ : सिन्धुलीको कमलामाई नगरपालिका–१२ लुडेडाँडाबाट बुधबार राति दुई थान भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोही ठाउँका ४५ वर्षीय पूर्णबहादुर राना र ५० वर्षीय लालबहादुर ब्लोन रहेका छन्। 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले पूर्णबहादुरको घरबाट एक थान खाली भरुवा बन्दुक र लालबहादुरको घरबाट एक थान लोड गरेको भरुवा बन्दुक लुकाई छिपाई राखेको अवस्थामा फेला पारेको हो।

चैत ३, २०७८ बिहीबार १९:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।