आज २७ कोरोना संक्रमित थपिँदा २२० संक्रमणमुक्त

आज २७ कोरोना संक्रमित थपिँदा २२० संक्रमणमुक्त

काठमाडौं : आज (बिहीबार) थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा एक हजार ६५४ पीसीआर परीक्षणमा २२ जना र तीन हजार ९३ एन्टिजेन परीक्षणमा पाँच जना गरी २७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालले जनाएको छ। 

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन। कोरोना संक्रमणमुक्त हुनेको सङ्ख्या २२० रहेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या चार हजार ३७६ रहेको छ।

चैत ३, २०७८ बिहीबार १७:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।