माओवादी चितवनको जिल्ला इन्चार्जमा रेणु दाहाल

माओवादी चितवनको जिल्ला इन्चार्जमा रेणु दाहाल

काठमाडौँ : माओवादी केन्द्रको चितवन जिल्ला इन्चार्जमा रेणु दाहाललाई चयन गरिएको छ। माओवादी केन्द्रको बागमती प्रदेश कमिटी बैठकले चितवन जिल्लाको इन्चार्जमा रेणु दाहाल र संयोजकमा आरसी अधिकारीलाई चयन गरेको हो।

दाहाल भरतपुर महानगरपालिकाकी मेयर हुन्। ऊनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी हुन्। अधिकारी विद्यार्थी राजनीतिबाट आएका हुन्। 


 

चैत ३, २०७८ बिहीबार १६:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।