संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपतकालीन बैठक आह्वान

एजेन्सी : बेलायत, अमेरिका, फ्रान्स, अल्बानिया, आयरल्याण्ड र नर्वे लगायत ६ देशको अनुरोध पछि संयुक्त राष्ट्र सुरक्षा परिषदको आकस्मिक बैठक बोलाइएको छ। बिहीबारको लागि बैठक बोलाइएको हो।
बेलायत र अल्बानिया, फ्रान्स, आयरल्याण्ड, नर्वे, र संयुक्त राज्य अमेरिकोले सुरक्षा परिषद्को बैठक बोलाएको छ। रुसले युद्ध अपराध गरिरहेको छ र सर्वसाधारणलाई निशाना बनाएको छ। युक्रेनमा रुसको गैरकानुनी युद्ध हामी सबैका लागि खतरा हो,” संयुक्त राष्ट्रसंघका लागि बेलायतको स्थायी नियोगले आफ्नो ट्वीटरमा उल्लेख गरेको छ।
बेलारुसमा भइरहेको वार्तामार्फत रुस र युक्रेनले वार्ताका माध्यमबाट समाधानका लागि निरन्तर प्रयास गरिरहेको बेला यो घटनाक्रम आएको हो। युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुस र युक्रेनबीचको शान्ति वार्ता प्रगतिमा रहेको तर निकै कठिन रहेको बताएका छन्।
वार्ता अझै प्रगतिमा छ। वार्ता एकदमै कठिन छ, र वार्ताको वर्तमान अवस्था, म यो जारी छ भन्न चाहन्छु, जेलेन्स्कीले बुधबार शान्ति वार्ताको स्थिति बारे सोध्दा उक्त टिप्पणी गरेका छन्।
चैत ३, २०७८ बिहीबार १५:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।