निर्वाचन गतिविधिलाई तीव्रता दिन ७७ वटै जिल्ला कार्यसमितिलाई कांग्रेसको निर्देशन

काठमाडौँ : नेपाली कांग्रेसको जिल्ला कार्यसमितिहरूलाई आसन्न तीनै तहका निर्वाचन गतिविधि तीव्र बनाउन निर्देशन दिइएको छ। गत फागुन २३ गते ७७ जिल्ला कार्यसमितिलाई परिपत्र गर्दै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नयाँ मतदाता यकिन गर्न निर्देशन दिएका हुन्। परिपत्रमार्फत जिल्ला कार्यसमितिहरूलाई गाउँ–नगरपालिकाको निर्वाचन घोषणापत्र लेखनका लागि समन्वय र सहजीकरण गर्न पनि निर्देशन दिइएको छ।
नगरपालिकाको छुट्टाछुट्टै घोषणापत्र निर्माणका लागि अविलम्ब जिल्ला कार्यसमितिले गाउँ, नगरपालिका कार्यसमितिलाई समन्वय र सहजीकरण गरी तयारी गर्ने। त्यसरी घोषणापत्र बनाउँदा नेपाली कांग्रेसले जितेका स्थानीय तहमा गत पाँच वर्षमा आफ्नो नेतृत्वमा भएका सकारात्मक काम र उपलब्धिहरू र जहाँ गत निर्वाचनमा पार्टीले पराजय भोग्नुपरेको थियो, ती स्थानीय तहमा उनीहरूले जनताको हितविपरीत गरेका कामहरू, भ्रष्टाचार, अनियमितता उनीरूले चुनावमा प्रतिबद्धता जनाएअनुसार नगरेका कामबारे जनतालाई सूचित गर्ने, परिपत्रमा उल्लेख गरिएको छ।
चैत ३, २०७८ बिहीबार १५:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।