आज पाँच सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं : आज (बिहीबार) सुनको मूल्य ५०० रुपैयाँले बढेको छ। बिहीबार छापावाला सुनको प्रतितोला मूल्य ९९ हजार ८०० रुपैयाँ पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो (बुधबार) छापावाला सुनको प्रतितोला मूल्य ९९ हजार ३०० रुपैयाँ थियो। आज (बिहीबार) तेजाबी सुनको प्रतितोला मूल्य ९९ हजार ३०० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
आज चाँदीको प्रतितोला मूल्य पनि २० रुपैयाँले बढेर १३९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। बुधबार चाँदीको प्रतितोला मूल्य १३७० रुपैयाँमा कारोबार भएको थियो।
चैत ३, २०७८ बिहीबार १४:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।