जापानमा ७.३ रेक्टर स्केलको भूकम्प, दुईको मृत्यु, ९२ जना घाइते

एजेन्सी : जापानमा गएको भूकम्पामा परी २ जनाको ज्यान गएको छ भने ९२ जना घाइते भएका छन्। बुधबार उत्तरपूर्वी जापानमा गएको सो भूकम्प ७.३ रेक्टर स्केलको रहेको बताइएको छ ।सो भूकम्पबाट भएको अरु क्षतिको विवरण संकलन भइरहेको बताइएको छ।
भूकम्पबाट कम्तीमा २ जनाको ज्यान गएको र ९२ जना घाइते भएका बताइएको छ। उत्तरपूर्वी जापानका मियागी र फुकुसिमा प्रिफेक्चर भूकम्पबाट प्रभावित भएका थिए। जापानको अग्नि तथा प्रकोप व्यवस्थापन विभागका अनुसार सो भूकम्प ७(४ रेक्टर स्केलको रहेको बताइएको छ।
राति ११:३६ को समयमा भूकम्पको महसुश गरिएको थियो। फुकुसिमा र मियागी प्रान्तमा भूकम्पले बढी हल्लाएको बताइएको छ। भूकम्पलगत्तै सुनामीको चेतावानी दिइएको थियो। तर पछि सुनामीले असर भने नगरेको उद्धारमा खटेका अधिकारीहरुले जनाएका छन्।
चैत ३, २०७८ बिहीबार १३:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।