शिवम् सिमेन्ट उद्योगको मेसिनमा च्यापिएर युवकको मृत्यु

शिवम् सिमेन्ट उद्योगको मेसिनमा च्यापिएर युवकको मृत्यु

मकवानपुरः हेटौंडा उपमहानगरपालिका–१६ हटियास्थित शिवम् सिमेन्ट उद्योगको मेसिनमा च्यापिएर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा उद्योगमा कार्यरत अन्दाजी २० वर्षीय भारतीय नागरिक रकिव अख्तर रहेका छन्।

सफाइ गर्ने क्रममा उनको मेसिनको फित्तामा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

प्रहरी निरीक्षक राजकुमार सापकोटाका अनुसार मेसिनको फित्तामा च्यापिएर घाइते भएका अख्तरलाई उपचारको लागि हेटौंडा अस्पताल लगिएकामा अस्पतालले उनलाई बिहान साढे ८ बजे मृत घोषणा गरेको हो।

प्रहरीले घटनास्थलको अनुसन्धान गर्नुका साथै शवको मुचुल्का उठाउने काम गरिरहेको जनाएकोे छ। शव परीक्षणका लागि अहिले उक्त अस्पतालको शवगृहमा राखिएको छ। 

चैत ३, २०७८ बिहीबार १२:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।