आज पहाडी भूभागमा मौसम आंशिक बदली हुने

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले आज देशका पहाडी भूभागमा मौसम बदली हुने जनाएको छ। हाल बिहार तथा आसपासका क्षेत्रमा न्यून चापीय प्रणाली रहेको कारण मौसम बदली हुने भएको हो।
यतिबेला देशका पहाडी भूभागमा आंशिक बदली भइरहेको छ भने अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ।
आज दिउँसो पनि पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ। यस्तै आज राति पनि यही मौसम प्रणाली जारी रहनेछ।
चैत ३, २०७८ बिहीबार ०८:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।