दलदल पोखरीमा डुबेर सेनाका जवानको मृत्यु

दलदल पोखरीमा डुबेर सेनाका जवानको मृत्यु

चितवनः दलदल पोखरीमा डुबेर नेपाली सेनाका जवानको मृत्यु भएको छ। चितवन राष्ट्रिय निकुञ्जमा गैँडाको आक्रमणबाट बाँच्न पोखरीमा हाम फालेका जवान पवन कटुवालको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार खोटाङ गाउँपालिका वडा नं ४ घर भई निकुञ्जको सुरक्षार्थ खड्गदल गणको साइँली माइली पोस्टमा कार्यरत २६ वर्षीय जवान कटुवालको मृत्यु भएको हो।

निकुञ्जभित्र गस्ती जाने क्रममा गैँडाले आक्रमण गर्न खोज्दा उनी दलदलमा हाम फालेका थिए। घटना बुधबार साँझ ७ः४५ बजेको हो।

चैत ३, २०७८ बिहीबार ०७:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।