देशका पहाडी क्षेत्रमा आज होली मनाइँदै

काठमाडौंः आज देशका हिमाली तथा पहाडी क्षेत्रमा होली पर्व मनाइँदै छ। आपसी मेलमिलाप र सद्भावनाको सन्देशसहित एकापसमा रङ दलेर शुभकामना आदान-प्रदान गरेर होली मनाइन्छ।
शिशिर ऋतुको अन्त्य र वसन्त ऋतुको आगमनको रूपमा लिइने होलीलाई फागु पनि भनिन्छ। नेपालको तराईमा भने होली एकदिनपछि खेलिन्छ।
यस्तै पुरानो वर्षको अन्त्य र नव वर्षको आरम्भको समय पनि होलीलाई नै लिने गरिन्छ।
चैत ३, २०७८ बिहीबार ०७:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।