पेट्रोलको भाउ प्रतिलिटर एक सय ५५

पेट्रोलको भाउ प्रतिलिटर एक सय ५५

काठमाडौँ : भारतीय आयल कर्पोरेसनले मूल्य बढाएर पठाएको भन्दै नेपाल आयल निगमले बिहीबार राति १२ बजेबाट लागू हुने गरी इन्धनको भाउ बढाएको छ। निगमले सूचना निकालेर पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर पाँच रुपैयाँ बढाएको हो।

बढेको मूल्यअनुसार काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर १ सय ५५ रुपैयाँ पर्नेछ भने डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १ सय ३८ रुपैयाँ पुगेको छ। निगमले हवाई इन्धनको मूल्य बढाउँदै आन्तरिकतर्फ प्रतिलिटर १५ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ २०० डलर वृद्धि गरेको छ। 

चैत २, २०७८ बुधबार २१:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।