नेता हैन, कार्यकर्ता बनेर मतदातासमक्ष जान ओलीको निर्देशन

काठमाडौँ : एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सांसदहरूलाई स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन निर्देशन दिएका छन्। पार्टी संसदीय दलको बैठकमा बोल्दै उनले सांसदहरूलाई नेता जस्तो नभई कार्यकर्ता जस्तो बनेर जान निर्देशन दिएको प्रमुख सचेतक विशाल भट्टराईले बताए।
बैठकमा ओलीले स्थानीय तहको निर्वाचनमा पार्टी एक्लै जाने बताउँदै एमालेले ६५ देखि ७० प्रतिशत स्थानमा जित्ने दाबी गरेका थिए। 'यदाकदा स्थानीय तहमा हुने एकताबाहेक एमाले स्थानीय तहको निर्वाचनमा एक्लै लड्छ, भट्टराईले भने।
बैठकमा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाअभियोग प्रस्ताव पास हुँदैन भन्ने जान्दाजान्दै गठबन्धनले महाअभियोग प्रस्ताव दर्ता गरेको बताएका थिए।
बैठकमा उनले अदालतलाई अस्थिरतामा राख्ने नियतका साथ प्रधानन्यायाधीशविरुद्ध महाभियोग ल्याइएको ओलीले दाबी गरेका थिए। महाभियोग पास र फेल हुने अवसर नै प्रदान नगर्ने तरिकामा गठबन्धन अगाडि बढेको भन्दै उनले एमालेले त्यसलाई भण्डाफोर गर्ने बताएका थिए।
चैत २, २०७८ बुधबार २१:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।