कमल थापाले भने : एमालेसँग सम्बन्ध र विचार मिल्छ, गठबन्धन हुनसक्छ

काठमाडौँ : राप्रपा नेपालका अध्यक्ष कमल थापाले स्थानीय तहको चुनावमा एमालेसँग सहकार्यको सम्भावना रहेको बताएका छन्। राप्रपा नेपालका जिल्ला अध्यक्ष र पदाधिकारीहरूसँगको भर्चुअल बैठकमा बोल्दै उनले एमालेसँग चुनावी तालमेल हुनसक्ने बताएका हुन्।
उनले एमालेसँग चुनावी तालमेलका लागि स्थानीय तहबाटै सुरु गर्नुपर्ने बताए। एमालेसँग तालमेलको सम्भावना बढी रहेको उनले बताए। उनले जिल्ला तहमा सहकार्यको सम्भावना रहे केन्द्रले सहजीकरण गर्ने बताएका थिए।
उनले एमालेसँग व्यक्तिगत सम्बन्ध राम्रो रहेको र वैचारिक दृष्टिकोणले पनि एमाले राष्ट्रवादी कित्तामा सशक्त रहेको बताएका थिए।
उनले जिल्ला कार्य समितिलाई पूर्णता दिन र भातृ सङ्गठन विस्तारलाई सक्रिय गराउन निर्देशन दिएका थिए। उनले स्थानीय तहको निर्वाचनमार्फत पार्टी हरेक जिल्लामा पुग्नुपर्ने बताउँदै संसदीय निर्वाचनपछि राष्ट्रिय पार्टीका रूपमा स्थापित हुने दाबी गरे।
चैत २, २०७८ बुधबार २०:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।