राप्रपा नेपालले पायो तीर चिन्ह

राप्रपा नेपालले पायो तीर चिन्ह

काठमाडौँ : निर्मल निवासबाट हस्तक्षेप गरेर अध्यक्षमा हराएको भन्दै राप्रपा छाडेर राप्रपा नेपाललाई सक्रिय बनाउन लागेका कमल थापाको समूहले तीर चुनाव चिन्ह पाएको छ।

उसले यस अगाडिको गाई नै माग गरेको थियो। तर आयोगले राष्ट्रिय जनावर भएकाले गाई दिन नमिल्ने भन्दै उसलाई उपलब्ध चुनाव चिन्हहरूको विकल्प दिँदा थापाले तिर चयन गरेका हुन्। उनले यसबारे पार्टीका जिल्ला तहका नेताहरुलाई जानकारी गराएका छन्।

राप्रपाले भने हलो चुनाव चिन्ह प्रयोग गर्दै आए पनि राष्ट्रिय दलको मान्यता नपाएकाले निर्वाचनमा कुन चिन्ह पाउने भन्ने पक्का भएको छैन। साना दलहरूले आयोगमा दल दर्ता हुँदा जुन चिन्ह पाएको हो त्यही दिन माग गरिरहेका छन्। यदि आयोगले सो मागको सुनुवाइ नगरे उम्मेदवार अनुसार साना दलहरूको चुनाव चिन्ह नै अलग-अलग हुनेछ।

चैत २, २०७८ बुधबार १७:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।