भारतबाट तीन महिनापछि आयो शङ्कर शर्माको एग्रिमो

काठमाडौँ : भारतका लागि नेपाली राजदूत सिफारिस भएका डा. शङ्कर शर्माको एग्रिमो तीन महिनापछि आएको छ। नेपाल सरकारले उनलाई मङ्सिर २२ मा भारतका लागि राजदूत सिफारिस गरेको थियो। तर भारतले स्वीकृति दिएको थिए।
परराष्ट्र स्रोतका अनुसार बुधवार भारतले शर्माको नाममा सहमति पत्र पठाएको छ। भारतको विदेश मन्त्रालयले नेपालको परराष्ट्र मन्त्रालयमा शर्माको नाममा सहमति पत्र आएपछि अब उनी भारत जाने बाटो खुलेको छ।
शर्माले अब राष्ट्रपति विद्या भण्डारीबाट नियुक्त र शपथ लिएपछि राजदूत भएर भारत जाने बाटो खुलेको छ। सरकारले सिफारिस गरेपछि उनको संसदीय सुनुवाइ समेत सकिइसकेको छ।
मङ्सिर २२ मा उनको संसदीय सुनुवाइ भएको थियो। शर्मा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा अमेरिकाका लागि पूर्व राजदूतसमेत हुन्।
शर्मासँगै राजदूतमा सिफारिस भएका ज्ञानचन्द्र आचार्य बेलायतमा गइसकेका छन् भने अमेरिकाका लागि नियुक्त भएका श्रीधर खत्री समेत कार्यक्षेत्रमा गइसकेका छन्।
चैत २, २०७८ बुधबार १७:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।