आज थप ८२ जनामा कोरोना संक्रमण पुष्टि

आज थप ८२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ : आज (बुधबार) नेपालमा ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पीसीआर र एन्टिजेन गरी ६ हजार एक सय ७५ जनाको नमुना परीक्षण गर्दा ८२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

सोही अवधिमा २१३ जना कोरोना संक्रमित निको भएका छन्। अहिले नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४ हजार ५७४ जना रहेको मन्त्रालयले जनाएको छ। 
 

चैत २, २०७८ बुधबार १७:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।