प्रचण्डले भने : कांग्रेस-एमालेका अगाडि हामीले चुनावमा जालझेल गर्न सक्दैनौँ

प्रचण्डले भने : कांग्रेस-एमालेका अगाडि हामीले चुनावमा जालझेल गर्न सक्दैनौँ

काठमाडौँ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  जालझेल गरेर चुनाव जित्ने सिप पार्टीमा नभएको दाबी गरेका छन्। उनले काठमाडौँमा भएको एक आन्तरिक प्रशिक्षणमा बाकस साट्न, सेटिङ मिलाएर चुनाव जित्न एमाले र कांग्रेसनै अगाडि रहेको भन्दै उनीहरूलाई धक्का दिन भने सकिने बताए।

हिजोका दिनमा पार्टी आक्रामक हुँदा चुनाव जितिएको भन्दै उनले चुनावमा हुनसक्ने जालझेल रोक्न पार्टी पङति आक्रामक भए मात्र आगामी निर्वाचन जित्न सकिने दाबी गरे। उनले माओवादीको विशेषता नै सातो लिन सक्ने भएको दाबी गरेका थिए।

आगामी निर्वाचन पार्टीको अस्तित्वका लागि जीवन मरणको सवाल भएको भन्दै नेपालमा दुई पार्टी पद्धति लागु गर्ने षड्यन्त्र भइरहेको बताए।

'स्थानीय, प्रदेश र सङ्घ जुनको होस् त्यो सबै हाम्रा लागि सामान्य औपचारिक निर्वाचन हैन,' उनले भने' हाम्रो लागि यो लाइफ एन्ड डेथको लडाइँ हो।'

चैत २, २०७८ बुधबार १७:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।