नाइजेरियामा बन्दुकधारीको आक्रमणमा परी १० जनाको मृत्यु

नाइजेरियामा बन्दुकधारीको आक्रमणमा परी १० जनाको मृत्यु

एजेन्सी : नाइजेरियामा बन्दुकधारीको आक्रमणमा परी १० जनाको मृत्यु भएको छ। बन्दुकधारीले प्रहरी कार्यालय र देशको मध्य प्रदेशमा रहेको स्थानीय सरकारको कार्यालयमा आक्रमण गरेका थिए।   

नाइजरका प्रहरी प्रमुख बाला कुर्यासले तीन प्रहरी अधिकृतहरु पनि मारिएको पुष्टि गरे। घटनामा परी स्थानीय प्रतिकार समूहका सदस्यहरु पनि मारिएको उनले जानकारी दिए। 

सरकारी अधिकारीहरुले घटनास्थलको यथार्थ विवरण आइनसकेको र विवरण सङ्कलन गर्ने कार्य भइरहेको जनाएका छन्। नाइजेरियामा बन्दुकधारी, स्थानीय प्रतिकार समूह र सरकारी सुरक्षाकर्मीबीचमा बेला बेलामा हिंसात्मक घटना हुने गरेका छन्।
 

चैत २, २०७८ बुधबार १६:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।