चुनावी हारपछि भारतीय कंग्रेसका पाँच प्रदेश प्रमुख पदमुक्त

चुनावी हारपछि भारतीय कंग्रेसका पाँच प्रदेश प्रमुख पदमुक्त

नयाँ दिल्ली : हालै सम्पन्न भएको बिधानसभा निर्वाचनमा नमिठो पराजय व्यहोरेपछि भारतीय कंग्रेसकी अध्यक्ष सोनिया गान्धीले पाँच राज्यका पार्टी प्रमुखललाई पदमुक्त गरेकी छन्। 

८ महिनाअघि पन्जाब प्रान्तमा कंग्रेस प्रमुख बनेका नभजोेत सिंह सिन्धुलगायतका कंग्रेस नेतालाई राजीनामा दिन भनिएको छ। ‘राज्य कांग्रेस इकाईहरुको ‘पुनर्गठनलाई सहज बनाउन’ राजीनामा माग गरिएको कंग्रेस प्रवक्ता रणदिप सुरेजेवालले ट्विट गरेका छन्।

नेतृ गान्धीले उत्तर प्रदेश, उत्तराखण्ड, पन्जाब, गोवा र मणिपुरका प्रदेश कंग्रेस कमिटी (पीसीसी) अध्यक्षसँग राजीनामा माग गरेकी हुन्। पीसीसीको पुनर्गठनलाई सहज बनाउन भन्दै उनले राजीनामा दिन भनेकी छन्। 

कंग्रेस पन्जाब प्रान्तमा अरबिन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टीसँग पराजित भएको थियो भने बाँकी चार राज्यहरुमा पनि सन्तोषजनक प्रस्तुति देखाउन सकेको थिएन। ‘कम व्याक’को आशा गरिएको कंग्रेसले सत्तारुढ भाजपालाई टक्कर दिन बिफल भएको पछिल्लो निर्वाचनल देखाएको छ।

यसअघि चुनाव परिणामबारे छलफल गर्न आइतबार कांग्रेस शिर्ष नेतृत्वको बैठक बसेको थियो। पार्टीको हितमा अन्तिम बलिदान’ को रूपमा उनले राजीनामा प्रस्ताव पेस गरेकी थिइन्। नेतृ गान्धीले पार्टी ‘पुनर्गठन’ अभियान गर्दै यो पहिलो कदम  भएको बताएकी छन्।  
 

चैत २, २०७८ बुधबार १५:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।