भगवन्त मान बने पन्जाबको नयाँ मुख्यमन्त्री, भगत सिंहको गाउँमा लिए सपथ

भगवन्त मान बने पन्जाबको नयाँ मुख्यमन्त्री, भगत सिंहको गाउँमा लिए सपथ

नयाँ दिल्ली : आम आदमी पार्टीका नेता भगवन्त मान पञ्जाबको मुख्यमन्त्री बनेका छन्। उनले आज (बुधबार) स्वतन्त्रताका योद्धा भगत सिंहको गाउँमा पुगेर मुख्यमन्त्रीको सपथ लिएका हुन्। भगत सिंहको गाउँ खटकर कलनमा एक कार्यक्रमकाबीच राज्यपाल बनवारीलाल पुरोहितले भगवन्त मानलाई पद तथा गोपनियताको सपथ गराएका हुन्।

उनको सपथमा भाग लिन आउने सहभागीलाई पहेलो पगरी र पहेलो सल लगाएका थिए । खटकर कलन गाउँको कार्यक्रम स्थललाई पनि पहेलो रंगमा सजाइएको थियो।

४८ वर्षीय मान सन् १९७० पछिकै प्रदेशको कान्छो मुख्यमन्त्री बनेका छन्। सपथ समारोहमा नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल पनि सहभागी भएका थिए। मुख्यमन्त्रीको सपथपछि उनले आफूसँगै पन्जाबका ३ करोड मानिसले सपथ लिएको बताए। उनी प्रदेशको १७ औं मुख्यमन्त्री हुन्। उनी बाहेक अन्य मन्त्रीले भने सपथ लिएका छैनन्। आपले पञ्जाबमा ११७ सिट मध्य ९२ सिट जितेको थियो।

चैत २, २०७८ बुधबार १४:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।