
मानव बेचबिखन मुद्दामा सजाय पाएर फरार भएका श्रीमान्-श्रीमती पक्राउ

काठमाडौंः मानव बेचबिखन तथा ओसारपसार र अपहरण मुद्दामा अदालतबाट कैद सजाय पाएर फरार एक दम्पतीलाई धनुषा प्रहरीले पक्राउ गरेको छ। धनुषा जिल्ला अदालतबाट २२ वर्ष कैद र दुई लाख ५० हजार जरिवानाको सजाय पाएर फरार भएका जनकपुुरधाम उपमहानगरपालिका–१३ का ४२ वर्षीय रामजी पासवान र एक लाख ५० हजार जरिवानाको सजाय पाएकी पासवानकी ३२ वर्षीया श्रीमती बिभा पासवानलाई पक्राउ गरिएको हो।
उनीहरूलाई जनकपुरधाम उपमहानगरपालिका-१३ बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।
धनुषा जिल्ला अदालतले गत २०७७ माघ २२ गते दम्पतीलाई सो सजायको फैसला गरेको थियो।
चैत २, २०७८ बुधबार ११:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।