क्रिकेट विश्वकप लिग टु: नेपाल आज पीएनजीसँग भिड्दै

क्रिकेट विश्वकप लिग टु: नेपाल आज पीएनजीसँग भिड्दै
प्रतियोगिताअघि अभ्यासका क्रममा भलाकुसारी गर्दै नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने र प्रशिक्षक पुबुदु दशानायके । तस्बिर: क्यान

काठमाडौंः आईसीसी क्रिकेट विश्वकप लिग टुमा नेपाल आज पपुवा न्युगिनी (पीएनजी)सँग भिड्दैछ। नेपाली समयअनुसार बुधबार बिहान ११:१५ बाट नेपाल र पीएनजीविरुद्धको खेल सुरु हुनेछ।

त्रिदेशीय एकदिवसीय श्रृङ्खलामा नेपाल आज प्रतियोगिताको सुरुवात जितबाट गर्न चाहन्छ। यसअघि पीएनजीविरुद्धको दुई एकदिवसीयमा नेपालले जित हासिल गरेको हुँदा आज नेपालको मनोबल उच्च छ।

सात टीम सम्मिलित लिग टुमा नेपाल हाल ८ खेलमा ४ जित र ४ हारसहित ८ अंक बटुलेर छैटौं स्थानमा छ। पीएनजी १३ खेलमा १३ वटै हारसहित पुछारमा छ। 

यस श्रृङ्खलाअन्तर्गत नेपालले दोस्रो खेल १८ मार्चमा यूएईसँग खेल्नेछ भने तेस्रो खेल पुनः यूएईविरुद्ध नै २१ मार्चमा खेल्नेछ। यस्तै श्रृङ्खलाअन्तर्गतको अन्तिम खेल भने २२ मार्चमा पीएनजीविरुद्ध खेल्नेछ।

चैत २, २०७८ बुधबार ०७:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।