केही प्रदेशका पहाडी भूभागमा अपराह्नतिर चट्याङसहित वर्षाको सम्भावना

केही प्रदेशका पहाडी भूभागमा अपराह्नतिर चट्याङसहित वर्षाको सम्भावना

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले देशका केही पहाडी भूभागमा आज वर्षाको सम्भावना रहेको जनाएको छ। हाल बङ्गलादेशको तथा आसपासको क्षेत्रमा न्यून चापीय प्रणाली रहेको कारण नेपालका केही स्थानमा आज वर्षा हुने भएको हो।

यतिबेला देशका पहाडी भूभागमा आंशिक बदली भइरहेको छ भने अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली हुनेछ। अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ।

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेशका तथा लुम्बिनी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा अपराह्नतिर मेघगर्जन/चटयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

आज राति देशका पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ।

चैत २, २०७८ बुधबार ०७:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।