निर्वाचनमा एमालेले निर्मल निवाससँग गठबन्धन गर्ने स्वास्थ्यमन्त्रीको दाबी

निर्वाचनमा एमालेले निर्मल निवाससँग गठबन्धन गर्ने स्वास्थ्यमन्त्रीको दाबी

काठमाडौँ : स्वास्थ्यमन्त्री विरोध खतिवडाले आगामी निर्वाचनमा एमालेले निर्मल निवास समर्थकहरूसँग गठबन्धन गर्ने दाबी गरेका छन्। गोरखा पुगेका उनले कांग्रेससहितको गठबन्धन देखाएर एमालेले पूर्व राजा समर्थकहरूसँग गठबन्धन गर्ने दाबी गरेका हुन्।

'कागले कान लग्यो भनेझैँ केपी ओलीले माओवादी र एकीकृत समाजवादीले काङ्ग्रेससँग गठबन्धन गर्यो भनेर हल्ला गर्ने अनि आफुचैँ निर्मल निवासको शक्तिसँग गठबन्धन गर्ने तयारीमा छन्,' उनले दाबी गरे।

उनले आगामी निर्वाचनमा एमाले र संवैधानिक राजतन्त्रको पक्षधर राष्ट्रिय प्रजातन्त्र पार्टीबिच गठबन्धन नभए आफ्नो कानै काट्न भने। उनले भने' दुवै कान त भन्दिन। सुन्नु पनि पर्छ। निर्वाचनमा एमाले र राप्रपाको गठबन्धन भएन भने मेरो एउटा कान काटिदिनु।'

उनले एकीकृत समाजवादीको पहिलो प्राथमिकता वर्तमान गठबन्धनको निरन्तरता रहेको बताउँदै यदि कांग्रेसले नमाने एमालेरहित बाम गठबन्धन बन्ने दाबी समेत गरेका थिए।

चैत १, २०७८ मंगलबार २१:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।