
विद्धुतिय गाडी मैचाको निर्माण टिमलाई गोल्छा समूहको सहयोग

काठमाडौँ : थापाथली क्याम्पसका विद्यार्थीहरूलाई विद्युतीय गाडी बनाउन गोल्छा ग्रुपले आर्थिक सहयोग गरेको छ। सन् २०२० को अक्टोबरमा अन्तर्राष्ट्रिय प्रतियोगिता शेलइको म्याराथनमा भाग लिएको गाडी बनाउन उसले सहयोग गरेको हो।
विद्यार्थीहरूले आवश्यक सीप अनुसार टोली निर्माण गर्ने, प्रायोजकहरू खोज्ने, कार्य स्थललाई अन्तिम रूप दिने जस्ता प्रारम्भिक गतिविधिहरूबाट काम सुरु गरेको थियो। फेब्रुअरी २०२२ सम्म टोलीले सवारी साधनको डिजाइन र डेभलपमेन्ट सफलतापूर्वक सम्पन्न गरेको छ।
टेस्ट राइडपछि विद्युतीय गाडी ‘मैचा’ अहिले पूर्ण रूपमा प्रतिस्पर्धा गर्न तयार भएको छ। सबै नियमहरू पालना गर्दै उपलब्ध निर्देशन र स्पेसिफिकेशनहरु अनुसार गाडी बनाइएको हो।
मैचाको निर्माणकर्ता टिम सिरेटोले नेपालमा विद्युतीय सवारीमा विभिन्न अनुसन्धान र कार्यहरू सञ्चालन गरेर दिगो भविष्यमा योगदान पुर्याउने लक्ष्य राखेको विज्ञप्तिमा उल्लेख । उनीहरूको प्रमुख उद्देश्य नेपालको सस्टेनेबल मोबिलिटी क्षेत्रलाई प्रवर्द्धन गर्नु रहेको र शेल इको–म्याराथनमा प्रतिस्पर्धा गर्ने नेपालको पहिलो विद्युतीय सवारी टोली हुन्।
चैत १, २०७८ मंगलबार २०:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।