संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस

संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं : सरकारले संघीय संसदको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ। मंगलबार राति १२ बजेदेखि अधिवेशन अन्त्य हुने गरी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो। 

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपति समक्ष संसदको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

चैत १, २०७८ मंगलबार १८:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।