
गैँडाकोट घटनाको बयान सकिएपछि पललाई तनहुँ फर्काइयो

कास्की : गैँडाकोट रिसोर्टमा नाबालिगको बलात्कार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका कलाकार पल शाहको पूर्वी नवलपरासीमा बयान सकिएको छ। तनहुँमा समेत उनी विरुद्ध जाहेरी परेको थियो। तनहुँमा म्याद थप भएर अनुसन्धानमा रहेका उनलाई इलाका प्रहरी कार्यालय गैँडाकोटमा परेको जाहेरीका सम्बन्धमा बयान लागि उता लगिएको थियो।
गैँडाकोट घटनाबारे उनको बयान सकिएपछि उनी जिल्ला प्रहरी कार्यालय तनहुँकै हिरासतमा फर्किएको एक प्रहरीले जानकारी दिए।
तनहुँमा जाहेरी परेपछि पाँच दिन लुकेका शाह फागुन १५ मा आफैँ प्रहरी कार्यालय पुगेका थिए। पहिलो पटक सात दिन र दोस्रो पटक १२ दिन म्याद थपिएका उनको दोस्रो म्याद चैत ४ मा सकिदैछ।
प्रहरी स्रोतका अनुसार उनले बयानमा गैँडाकोटमा पीडित नाबालिगसँगै एकै रिसोर्टमा बसे पनि कोठा भने अलग अलग रहेको बयान दिएका थिए। नाबालिगको कोठामा गए पनि आफू गुड नाइट भन्न मात्र गएको र बलात्कार नगरेको उनले दाबी गरेका छन्। अनुसन्धानमा नाबालिग र उनको कोठा सँगसँगै रहेको देखिएको छ।
नाबालिगको परिवारले दिएको जाहेरीमा म्युजिक भिडियो सुटिङका लागि रिसोर्टमा बस्दा बहाना बनाएर बसाई लम्ब्याएको र मादक पदार्थ खाएर बलात्कार गरेको दाबी गरिएको थियो।
चैत १, २०७८ मंगलबार १७:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।