नाबालिका बलात्कारको आरोपमा खत्री पक्राउ

काठमाडौँ : उदयपुरमा नाबालिका बलात्कारको आरोपमा एक जना पक्राउ परेका छन्। जिल्लाको बेलका नगरपालिका-५ घुम्नेकी नौ वर्षीया नाबालिकालाई बलात्कार गरेको आरोपमा सोही नगरपालिका-५ घुम्ने लालीगुँरास टोलका ३५ वर्षीय गणेश खत्रीलाई गरिएको छ ।
खत्रीले नाबालिकालाई प्रलोभनमा पारेर नजिककैको कुखुरा फर्ममा लगेर बलात्कार गरेको आरोप छ। घटनाका बारेमा स्थानीय बालबालिकाले खत्रीकी श्रीमतीलाई जानकारी गराएपछि सार्वजनिक भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
खत्रीले नाबालिकालाई यसअघि पनि पटक पटक बलात्कार गरेको खुलेको छ। पछिल्लो पटक घटना बारे नाबालिकाले घरमा जानकारी दिएपछि उनका आफन्तले इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा जाहेरी दिएका हुन्। जाहेरीपछि खत्रीलाई इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले नियन्त्रणमा लिएको हो।
घटना सार्वजनिक भएसँगै पक्राउ परेका खत्रीलाई अनुसन्धानका लागी जिल्ला अदालत उदयपुरबाट मंगलवार ७ दिनको म्याद थप गरिएको छ। नाबालिकाको स्वास्थ्य परीक्षण गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।
चैत १, २०७८ मंगलबार १७:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।