मंगलबार थप ८३ जनामा कोरोना पुष्टि

काठमाडौँ : पछिल्लो २४ घण्टामा नेपालमा थप ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर ७ हजार ८८४ नमूनाको एन्टिजेन र पीसीआर प्रविधिबाट परीक्षण गर्दा ८३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।
गत २४ घण्टामा ४ हजार ७३४ जनाको पीसीआर र ३ हजार १५० जनाको एन्टिजेन परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ। पीसीआर परीक्षणबाट ५७ जनामा र एन्टिजेन परीक्षणबाट २६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
गत २४ घण्टाको कोरोना संक्रमणबाट कसैको मृत्यु भने नभएको मन्त्रालयले जानकारी दिएको छ। कोरोना संक्रमणबाट हालसम्म देशभर मृत्यु हुनेको संख्या ११ हजार ९५० जनाको मृत्यु भएको छ।
मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा १३० जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। देशभर हाल ४ हजार ७४६ जना सक्रिय संक्रमित रहेका सो अवसरमा मन्त्रालयले जानकारी गराएको छ।
चैत १, २०७८ मंगलबार १६:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।