साउदी विदेशमन्त्रीले गरे राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट 

साउदी विदेशमन्त्रीले गरे राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट 

काठमाडौँ : नेपाल भ्रमणमा रहेका साउदी अरबका राजकुमार तथा विदेशमन्त्री फैजल विन फरहान अल साउदले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेका छन्। 

उनले राष्ट्रपति कार्यालय शितल निवास पुगी राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गरेका थिए। सो अवसरमा दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र चासेका विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ। 

राष्ट्रपतिलाई भेटिसकेपछि साउदी विदेशमन्त्री अल साउदले प्रधानमन्त्री देउवासँग भेट गरेका हुन्। प्रधानमन्त्री देउवासँगको भेटमा द्विपक्षीय हितका विषयमा कुराकानी भएको बताइएको छ। 

नेपालको दुई दिने भ्रमणका लागि साउदी विदेशमन्त्री साउद सोमबार काठमाडौं आइपुगेका थिए। उनी मंगलबार विहान नेपाल-साउदी उच्चस्तरीय द्विपक्षीय बैठकमा सहभागी भएका थिए। उनी आजै स्वदेश फर्किने कार्यक्रम रहेको छ। 

चैत १, २०७८ मंगलबार १४:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।