स्थानीय निर्वाचनमा ७० प्रतिशत जित्ने ओलीको दाबी

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन एकातिर एमाले एकातिर हुँदा पनि एमाले नै शक्तिका रुपमा उदाउने दाबी गरेका छन्। मंगलबार काठमाडौँमा आयोजित अखिल नेपाल महिला संघको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले एमाले एक्लैले ७० प्रतिशत सिटमा जित हासिल गर्ने दाबी गरेका हुन्।
‘आगामी स्थानीय तहको निर्वाचनमा हामी निर्धक्क बहुमत प्राप्त गर्दैछौँ,’ ओलीले भने, ‘देशभर ६०देखि ७० प्रतिशत सिटमा एमाले एक्लै लडेर जित निकाल्छ।’ अध्यक्ष ओलीले भने।
चैत १, २०७८ मंगलबार १४:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।