विवेकशील साझाले गर्‍यो संसदीय दलका नेता पौड्यालसहित २६ केन्द्रीय सदस्य पदमुक्त

विवेकशील साझाले गर्‍यो संसदीय दलका नेता पौड्यालसहित २६ केन्द्रीय सदस्य पदमुक्त

काठमाडौंः विवेकशील साझा पार्टीले २६ जना केन्द्रीय सदस्यलाई पदमुक्त गरेको छ। पदीय जिम्मेवारी बहन नगरेको भन्दै उनीहरूलाई पार्टीले कारबाहीस्वरूप पदमुक्त गरेको हो।

कारबाही गरिएका २६ केन्द्रीय सदस्यहरू मिलन पाण्डे पक्षधर हुन्। कारबाही भएकाहरूमा प्रशिक्षण विभाग प्रमुख केशव दाहाल, प्रवक्ता हरिश भट्ट, केन्द्रीय सदस्यहरू अनुशा थापा, आशुतोष तिवारी, कमलेश्वरप्रसाद पाठक, चण्डिका तिमिल्सिना, चन्द्रिका सिग्देल, दुर्गा खत्री (कार्की), धर्म मानन्धर, पुकार बम, भरतराज पन्त, भूपदेव शाह रहेका छन्। 

यस्तै मनिस खनाल, मुना अधिकारी, रमेश पौड्याल, रविना अंगाई, राज्यलक्ष्मी श्रेष्ठ, रामपुकार महरा, लक्ष्मी अधिकारी, विमल तामाङ पनि पदमुक्त गरिएका छन्।

शिशिर बन्जारा, सरोजप्रसाद गौतम, सिर्जना खड्का, सुदन मानन्धर, सुरेश अर्याल र सुरेश भट्ट पनि कारबाहीमा परेका छन्।

चैत १, २०७८ मंगलबार १३:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।