
कोरिया पठाउने भन्दै ठगी गर्ने कोरियन नागरिक पक्राउ

काठमाडौंः दक्षिण कोरिया पठाउने भन्दै ठगी गरेको अभियोगमा प्रहरीले एक कोरियन नागरिकलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-७ लाहुरेटोल चावहिल बस्ने राहदानी नम्बर एम८५५६६२२७ बाहक दक्षिण कोरियन नागरिक ७३ वर्षीय रे सी जङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ।
आफू चावहिलमा रहेको ओके कन्सल्टेन्सीको सञ्चालक रहेको भन्दै वेल्डिङ ट्रेनिङ गराएर दक्षिण कोरियामा रोजगारमा पठाउने भनी पीडितबाट रकम लिएर नपठाई रकम ठगी गरेको आरोपमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
उनीमाथि ठगी सम्बन्धी कसूरमा आवश्यक कारबाहीको लागि महानगरिय प्रहरी वृत्त गौशाला काठमाडौं पठाइएको छ।
चैत १, २०७८ मंगलबार १२:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।