१८ सय रुपैयाँले घट्यो सुनको मूल्य

१८ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला एक हजार आठ सय रुपैयँले घटेको छ। आज छापावाल सुन तोलामा एक लाख पाँच सय रुपैयाँ कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य तोलामा एक लाख रुपैयाँ कायम भएको छ। आज चाँदी पनि तोलामा ३५ रुपैयाँले घटेको छ।

आज चाँदी प्रतितोला एक हजार तीन सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।

चैत १, २०७८ मंगलबार ११:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।